• जीवनशैली | Jiwanshaili
  • फरार प्रतिवादी पक्राउ


    ज्यान मार्ने उद्योगका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका १० बस्ने सिन्धुपाल्चोक बाँसबारी– ६ का ३१ वर्षीय अमीर भन्ने अम्बिर लामालाई आज प्रहरीले पक्राउ गरेको छ ।

    उनीमाथि काठमाडौँ बस्दै आएका काभ्रेपलाञ्चोकका १९ वर्षीय एक युवकलाई विसं २०६५ पुस २४ गते खुकुरी प्रहार गरी घाइते बनाई फरार रहेको आरोप छ । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले आज टेकुबाट पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिनुभयो ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस