• जीवनशैली | Jiwanshaili
  • स्वास्थ्यलाई फूलबाट प्राप्त हुने अनेक फाईदा


    प्राय ब्यक्तिलाई बिभिन्न प्रकारका रंग भएका फुल मनपर्ने गर्दछ । हामीले सँधै फलफूल र तरकारीहरुको स्वास्थ्य फाइदाहरूको बारेमा सुनेका हुन्छौं, तर फूलहरुको स्वास्थ्य फाइदाहरूको बारेमा थोरै मात्र चर्चा गरिएको हुन्छ।

    हाम्रौ घर वरिपरी भएका फूलहरूले हाम्रो स्वास्थ्यमा धेरै प्रकारको फाइदा पुर्‍याउँछन्। हामीले दैनिक रुपमा फूलहरुको प्रयोग पुजापाठ देखी विभिन्न शुभकार्यमा गर्ने गर्दछौ । बिशेष गरी नेपाली समाजमा महान चाड भाई टीकाको दिनमा फुलको महत्व धेरै हुने गर्दछ । बिभिन्न रंगका फूलहरुको छुट्टा छुट्टै महत्व र सुगन्ध हुने गर्दछ । केही खाद्य फूलहरु वैकल्पिक औषधि मा प्रयोग गरीन्छ भने केही फूलहरूले स्वास्थ्य लाभहरू प्रदान गर्दछ।

    फूल देख्ने बितिकै हामीलाई अनुपम अनुभव हुनुका साथै हामीलाई सान्त्वना र आनन्द दिन्छ। केही अध्ययनहरूका अनुसार हरेक बिहान ताजा फूलहरु देख्दा चिन्ता र डिप्रेसनको जोखिम कम गर्न सकिन्छ र केही फूलहरूले ऊर्जावान पनि बनाउन सक्ने कुरा पुष्टि गरेका छन् । घर भित्र बिरूवा र फूलहरु राख्दा एकाग्रता बढाउन सक्छ जसले गर्दा अक्सिजन आपूर्ति संग संगै मस्तिष्क कोषहरूमा उर्जा ल्याउन सहयोग गर्दछ ।

    फूलको प्रयोगले आरामदायी वातावरण सिर्जना गर्नुका साथै सकारात्मक सोचको विकास संगै चिन्ता बाट मुक्त हुन मद्दत गर्दछ र केही फूलहरु पाचन समस्या र कलेजो समस्याहरूको उपचारका लागि प्रयोग गरीन्छ ।

    कुन फूलले के के फाईदा गर्छ

    सूर्यमुखी फूल

    सूर्यमुखी फूल खाने तेलमा धैर प्रयोग हुने गर्दछ । यो फूलले घाँटीको दुखाइ,अल्सर जस्ता रोगहरुमा उपचार गर्न प्रयोग गरिन्छ।

    गुलाब फूल

    गुलाब फूलको प्रयोगले छालाको सुरक्षा राख्नुका साथै टुक्रिएको रक्त नलीहरूलाई पनि सुधार गर्छ। गुलाब पानी प्रयोग गर्नाले छालामा तेलको मात्रा नियन्त्रण गर्दछ । यो फूललाई प्रेमको प्रतिका रुपमा पनि लिने गरीन्छ ।

    ल्याभेन्डर फूल

    ल्याभेन्डर फूल तेलको रूपमा यसको प्रयोगको लागि प्रसिद्ध रहेको छ । यस्ले छालालाई शान्त प्रभाव प्रदान गरेर तनाव कम गर्नमा मद्दत गर्दछ। फूलमा जीवाणुरोधी र एन्टिसेप्टिक गुणहरुले भरिएको हुन्छ ।

    दामीनी फूल

    दामीनी फूलले सबै छालाको हेरचाह लागि एक अचम्मको फूल हो। यसले एन्टि फङ्गल, जीवाणुरोधी र एन्टिसेप्टिक गुणहरू समावेश गर्दछ। जसले गर्दा रातो छाला हुन बाट बचाउँछ ।

    घण्टी फूल

    घण्टी फूलले कपालको तेल बनाउन प्रयोग गरिन्छ जसले गर्दा कपाल लामो बनाउन मद्दत गर्दछ । यसको एक्स्फोलिटिंग र छाला पुनर्जीवन गुणहरूका लागि परिचित छ । यो फूल सौन्दर्यका लागि पनी व्यापक प्रयोग हुने फूल हो। यसको प्रयोगले छालाको टोन, फर्महरु, एक्सफोलीएट्समा, तेलको उत्पादन नियन्त्रण गर्दछ ।

    चमेली फूल

    चमेली फूलले छालालाई नरम बनाउनका साथै छालामा भएका स साना प्वालहरुलाई खाली गर्न मद्दत गर्ने गर्दछ । यो फूलमा एन्टिआक्सीडन्ट्स भएकाले बृद्ध अवस्थाको छालामा पनि प्रयोग गर्न सकिन्छ ।

    सयपत्रि फूल

    सयपत्रि फूल प्राय तेल बनाउने फुलको रूपमा विश्वव्यापी प्रयोग गरिन्छ। शरीरको दुखाई कम गर्ने सयपत्रि फुलको तेल उपयुक्त मानिन्छ । यो फूल छालामा सामान्य चोटका घाउहरूलाई निको पार्न प्रयोग गरिन्छ । यो फूलमा एन्टिसेप्टिक र एन्टी फंगल गुणहरू हुनुका साथै टाउको दुख्ने र अनिद्राको उपचार गर्न प्रयोग गरिन्छ।


    क्याटेगोरी : स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार