नियति चक्रमा घुमिरहेका हामी
नियति चक्रमा घुमिरहेकी जलेश्वरी श्रेष्ठले बिसाउँनीका रुपमा भावनका यावत परावर्तनलाई उपन्यास मार्फत ल्याउन सफल भईन । कठिन घडिमा आएर सुस्केरा फुकिरहेका बखत विश्रामको अवस्थामा सृजना बनेर दृश्यमा आउने सर्जकका कृतिहरु जतिसुकै आफूलाई छोडेर, आफ्ना भागका व्यञ्जनालाई छोडेर भाँगू भन्दा पनि अँगालिरहने अनौठो सम्बन्ध हुन्छ । जलेश्वरी श्रेष्ठको नियति चक्र आफु र आफ्नाहरुमाथि मडारीरहेको कथा हो ।
जब भावनाको सम्बन्ध शब्दमा अनुदित हुन्छ र आफ्नो कालखण्डको कथा कहन्छ त्यसले धेरै गुढ रहस्यका बारेमा पर्दा खोल्दछ । सर्वप्रथम आफूलाई कहन्छ, आफ्नो समिपमा भएकाहरुलाई समेट्छ । बिसौनिका रुपमा आउँने सम्झनाका झिल्काहरु बल्ने बित्तिकै सन्तोषको हातेरुमाल थमाएर जान्छन्, त्यही रुमालको हम्काइले केवल, हात वा अनुहार भएपनि पसिना सुकाउँछ र सारा शरीरलाई शान्ति दिन्छ । नियति चक्र कृति जसरी हामी पाठकहरु पनि जीवनको गोलाईमा घुम्दै, पेलिदैँ, बलिइरहेका छौँ र आफैँ र अरुलाई बाल्ने प्रयास गरीरहेका छौँ । ती सफल असफल मोडमा देखिने भोगीने क्षणको सम्झाउँनीका रुपमा उपन्यासले समाजका सुनसान गल्लीदेखि संस्कृतीको चिल्लो राजमार्गमा दौडने नारीपुरुषका कथालाई बिम्बमा ऊनेर बोलेकोछ । उपन्यास नियतिचक्रले पोखरा, बन्दिपुर, लुम्बिनी, नेपालगन्ज, दिल्ली हुँदै काठमाडौँबाट अमेरीकासम्मको भ्रमण गराएकोछ । व्यवसाय, सम्बन्ध, धर्म आस्थालाई जोड्दै समकालिन परिवेशलाई रत्नमान, कृष्णमान, समिरा, शकुन्तला, सुशिल, मञ्जु, रितेश, राजेश, विकास, सुजाता, रमण, ज्योति, दिपक, पात्रहरु मार्फत पारदर्शी भई बोलेकोछ ।

हाम्रो नेपाली समाज पुरुषमुखी वा पुरुषप्रधान भएकोले महिला पुरुषविचको समानताको बिषय उठाउँदा धेरै चर्को खाडल देख्न सकिन्छ । कानूनीरुपमा उक्त खाडल क्रमश पुरीदैँ गएपनि व्यवहारीकरुपमा असमानताको जालो बाक्लो भइ बसेकोछ । यही समाजको सदस्य र समकालिन सर्जक भएकाले पनि जलेश्वरीका सृजनामा महिलाका सस्वर बुलन्द भएर आएको देख्न सकिन्छ । उनका सबै कृतिहरु महिला पुरुषको दौडमा को तल को माथि भन्दा पनि समभावमुखी रहेका छन् । महिला पुरुष दुबै जाति आफैँमा बिशिष्ट भएको संकेत उनको छ । र प्रकृतिले दुवैजातको सृजना नै त्यसरी गर्नु भएको छ कि एकआपसमा पारस्परिक नभइ सुखै छैन तर हामीले असमानताका बीउ रोप्नलाई अगल कित्तामा छुट्याएर हेर्न हुँदैन भन्ने राय ऊनको छ । मुख्यतः महिला तथा बालबालिकाका बिषयमा मुखर भएपनि पुरुष र अन्य उमेर र बिषयका समस्यालाई पनि उत्तिकै सम्बोधन गरेकी छिन् ।
बदलिँदो समयमा पुरातनकालिन बहुपत्नीप्रथा भएको समाज मिथ बनेर आउँछ । जलेश्वरीका पात्रहरु नेपाली समाजको त्यो कालखण्डसँगै हाल चलिरहेको लिभिगं टुगेदरको सम्बन्धशैलीको गन्ध सुगन्धबारे तात्विक अर्थमा बोलेकोले पनि युवा पाठकहरुले सुरुचिपूर्वक कृतिलाई स्विकार गरेका छन् । साथै पुरानो समयका मानिसहरु पनि यस्तै आयो समय, यिनीहरुलाई राम्रै लागेर अँगालेका होलान् भन्ने मानेर अंकुश लगाएका छैनन । स्वतन्त्र जीवनको चाहना अहिलेको पुस्ताको अधिकार झैँ बनेको छ र त्यो स्वतन्त्रताले निम्त्याएका समस्या र राम्रा पक्षहरुको खुलस्त पाउन सकिन्छ ।

आध्यात्ममा पूर्णतः डुबेकी जलेश्वरी बुद्धधर्मको देशनालाई बैज्ञानिक र समयसापेक्ष शिक्षा मान्दिछिन र समाजसेवा धर्मको पहिलो कर्तव्य ठान्दै क्षमताले भ्याएसम्म सक्दो सहायता आवश्यकतामा परेका सबैलाई गरीरहेकी छिन् । त्यसवाहेक लेखनमा सक्रिय जलेश्वरी अहिले पनि दिँनहु अध्ययनसँगै निरन्तर शब्द साधनामा लागीरहेकी छिन् ।
वि.सं. २००३ सालमा वटु, काठमाडौँमा जन्मेकी सर्जक जलेश्वरीले पन्ध्र सोह्र वर्षको उमेरदेखि नेपाल भाषामा पहिलो कविता लेखेर सुरुवात गरेकि थिइन् । संख्यात्मकरुपमा एघार ओटा भन्दा धेरै पुस्तकहरु प्रकाशित भइसकेकाछन् । तर कृतिमाथिको शोध र विश्लेषणजनक कृतिहरु पनि नियमित प्रकाशमा आइरहेकाछन् । प्रकाशित सृजनाहरुमध्ये लार्भाका वाफहरु, मौन विद्रोह, म्यारिज एनिभर्सरी, फूल फूलाउने गमला र अनुदीत कृतिहरु पनि रहेका छन् । उपन्यास, कथा, कवितामा प्रमुख रुचि भएपनि बालबालिकाको मनोविज्ञानलाई बुनेर परीको घर, तिसाको जन्मदिन, शान्ताको इच्छा, सुनपरी, जङ्गलको हीही लगायत अन्य थुप्रै सृजनाहरु पस्केकी छिन् ।

पुरुषले दम्भ देखाउँने संसारी घर देखि जीवनको बीजारोपण हुने पाठेघरसम्मको कथालाई बुझिने भाषामा साधारणसिलतासँगै सहजभावमा जलेश्वरी बहेकी छिन् । नियति चक्रले पहिले प्रकाशित मौन विद्रोहलाई सन्तुलित शैलीमा व्याख्या गरिदीएको छ । जति नै लेखेपनि समाजका कथा थोरै नै हुन्छन् । हामी हामी मिलेर बनेको समाजका पनि हाम्रो स्वभावजसरी फरकफरक पाटाहरु हुन्छन् । एउटी बालिकाको बाल्यकाल, यौवना हुँदै दाम्पत्यजीवनको पावनकालखण्ड र उत्तराद्र्धमा आइपर्ने अत्यास र छुटेको बाटोको सम्झना सायद सबैलाई हुन्छ । जलेश्वरी लेखकका रुपमा मात्र नभइ एक संवेदनसिल महिलाकोरुपमा नबिराइ, नडराई आफ्ना कुराहरु राखेकि छिन् । नियति चक्रमा घुम्ने म र म जस्ता तमाम् पाठकले पाएको आनन्दी पनि यही भन्छ । नेपाली समाजमा प्रखर भएर गुप्तज्ञान ठानेर लत्याएका बिषयमाथि बोल्न सक्ने आँट थोरै व्यक्तिमा हुन्छ । देशको कानून, समाजले मान्दै आएको संस्कृती बाहेकका बिषयहरु जो ओझेलमा छन् तिनीसम्मको पहुँच जलेश्वरीका हरेक कृतिले दिएका छन् ।
रसिला ओठको लालित्य वर्णनसँग सारमा जीवनको बिट बुद्धको देशनामा आई थामिएको छ । सायद हामी सबैको जीवन lपनि त्यही ज्ञानको छायाँमा जानी नजानी चलिरहेकोछ,
बुद्धम शरणम् गच्छामि
धम्मम शरणम् गच्छामि
सङ्घम शरणम् गच्छामि ।।।
बुद्धम शरणम् गच्छामि
धम्मम शरणम् गच्छामि
सङ्घम शरणम् गच्छामि ।।।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस