जीवनशैली | JibanShaili बुधबार, मंसिर १०, २०७७

कोरोना कहरः पछिल्लो २४ घण्टा विश्वमा कहाँ के के भए? हेर्नुहोस्-श्रावण १५ गते (तालिका सहित)


  • जीवनशैली
  • प्रकाशित मिति : बिहिबार, साउन १५, २०७७

विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या १ करोड ७१ लाख नाघेको छ ।

बुधबार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या १ करोड लाख ७१ लाख ६४ हजार ८ सय ४१ पुगेको हो ।

तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ६ लाख ६९ हजार पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ ।

एकै दिन २ लाख ८० हजार ३ सय ९३ जना संक्रमित भएका छन् ।

अघिल्लो दिन मात्र यस भाइरसबाट २ लाख ४७ हजार जना संक्रमित भएका थिए ।

बुधवार कोरोना भाइरसको संक्रमणबाट थप ५ हजार ५ सय को मृत्यु भएको छ।

कोरोना भाइरसका कारण हिजो बुधवार एकै दिन भारतमा ७ सय ७९ को मृत्यु भएको छ ।

यसै गरी ब्राजिलमा १ हजार ५ सय ५४ , अमेरिकामा १ हजार ३ सय ४ जनाको मृत्यु भएको छ ।
यसै गरी मेक्सीकोमा ८ सय ५४ जना, इरानमा १ सय ९६ , चिली ३८ जना, दक्षिण अफ्रिकामा २ सय ४० , पाकिस्तानमा २७ ,कोलम्बीयामा ३ सय ८० , इराकमा ६८ जना रसियामा १ सय ६९ जनाको ज्यान गएको छ ।

नेपालमा बुधबार थप २१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङका प्रबक्ता डा।जागेश्वर गौतमका अनुशार पछिल्लो २४ घन्टामा २१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

यो संगै नेपालमा संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Kailash Television Pvt Ltd
Kathmandu, Nepal
Email: [email protected]
Phone: +977 014220640
सूचना विभाग दर्ता नः १५८४/०७६-७७
Web: www.jibanshaili.com

जीवनशैली डट कम
कैलाश टेलिभिजन प्रा लि द्वारा संचालित
नेपालको पहिलो  लाइफ स्टाईल न्युज पाेर्टल हो ।

सोसल मिडिया

हाम्रो टिम

प्रधान सम्पादक
अरूणदेव जाेशी
प्रकाशक/कार्यकारी सम्पादक
राजकुमार विष्ट

क्रियटिभ टिम
टीएन रेग्मी

(more…)