जीवनशैली | JibanShaili मङ्लबार, मंसिर ९, २०७७

सन्दर्भ : ‘मेरो आधा शताब्दी’ प्रकाशनको वर्षगाठ


  • जीवनशैली
  • प्रकाशित मिति : शुक्रबार, साउन ९, २०७७

आफु बारे लेखिएको पुस्तक “मेरो आधा शताब्दी “ बिमोचन गरेको एक बर्ष पुगेछ । पचास बर्ष पुगेको अबसरमा प्रकाशित गर्ने उदेश्य केहि कारणले सफल हुन् सकेन । कहिले काही खै किताब नै किन लेख्नु पर्यो र ? मेरो जीवनी पढेर कसलाई के उपलब्धि होला र ? भन्ने सोच पनि आयो । हुन् त प्राय जसो लेखहरु पुरा भै सकेको थियो । कहिले कसरि प्रकाशन गर्ने भन्ने प्रमुख बिषय थियो । लण्डनमा नै एक कार्यक्रम सहित पुस्तक बिमोचन गर्ने भन्ने नै थियो । मेरो जन्म दिन सेप्टेम्बर १५ का दिन गर्नु पर्छ कि भन्ने सोचियो तर त्यहि समयमा एन.आर.एन.को चुनाबी माहोल थियो । सकेसम्म त्यसैको वरिपरि गर्ने नभय ठुली छोरीको पढाई पनि सकिने उसैको जन्मदिन डिसेम्बर ३० मा अंग्रेजी नयाँ बर्ष पनि मनाउनु पर्छ कि भन्ने निर्णय नजिक पुगेका थियौ ।  

यहि बर्ष दुइपटक नेपाल, मेक्सिको, पानि जहाजमा होलिडे गर्दा धेरै समय बाहिर नै हुँदा खै कसरी मिलाउने होला भन्दा भन्दै केहि  समय बित्यो । सानी  छोरीको पनि स्कुल छुट्टी भयको हुदा हामी तीनजना जाने नै  निर्णय भयो ।

गत बर्ष जुलाई २२ गते हाम्रा पुज्य बुवाको जन्कु (८४ पुजा) तेश्रो पटक( ८७ बर्ष ७ महिना ७ दिन ) गर्ने साइत जुरेको खबर घरबाट केहि समय अगाडी मात्रै आयो । यहि बर्ष दुइपटक नेपाल, मेक्सिको, पानि जहाजमा होलिडे गर्दा धेरै समय बाहिर नै हुँदा खै कसरी मिलाउने होला भन्दा भन्दै केहि  समय बित्यो । सानी  छोरीको पनि स्कुल छुट्टी भयको हुदा हामी तीनजना जाने नै  निर्णय भयो । ठुली छोरीको भने ब्यारिस्टर बन्ने अन्तिम तयारीमा भयको हुँदा समय मिलाउन सम्भब भएन ।  
नेपाल जाने नै निर्णय भयपछि मलाई आफ्नो पुस्तक बुवाकै हातबाट गर्न पर्छ जस्तो लाग्यो । घर सल्लाहा भयो सबै जना सहमत हुनु स्वाभाविक थियो । तयारीको लागि त्यति धेरै समय बाँकी थिएन । अलि धपेडी त भयो तर दृढ इक्ष्या शक्ति र सबैको सहयोगले निर्धारित समयमानै सबै तयारी पुरा भयो ।

करिब ५०० जना  आफन्त ,नाता ,गोता हामि तीनैजना दाजु भाईको सम्भब भए सम्मका साथीहरु , गुरुहरु, शुभ चिन्तकहरु उपश्थित उक्त अवसरहामि सबैको लागि अति महत्वपूर्ण र स्मरण योग्य भयो।  धेरै समय पछि यति धेरै आफ्ना मान्छेहरुसँग भेट हुन् पायो।  

करिब २०० जना जतिकोसभाहलमा हाम्रो बुवा , मेरो ससुरा बुवा तथा पूर्व प्रधान न्यायाधिश कल्याण श्रेष्ठ लगायत पूर्व मन्त्रि माननियहरु अमृत बोहरा, अग्नि सापकोटा , पम्फा भुषाल, लिलामणि पोख्रेल,शशि श्रेष्ठ ,कल्पना धमला ,दाइहरु बाट सामुहिक रुपमा मेरो पुस्तकको बिमोचन भयो। पहिलोपटक १०००  प्रति  पुस्तक छपाई गरेका थियौं । मैले लण्डनमा २०० प्रति ल्याएँ । नेपालमा बिक्रीबितरण गर्न केही ठाउँमा दिएको छु । त्यहाँ बिक्री भएको पुस्तकबाट संकलित रकम लक्ष्मी प्रतिष्ठानलाई प्रदान गरिनेछ । हालसम्म के कति पुस्तक बिक्री भयो भन्ने विवरण प्राप्त भएको छैन । म आफैले केही स्थान बिशेष मा  गएर बिक्रीवितरण मिलाऊ भन्ने भएपनि आफ्नै जीवनीलाई लिएर किन हिँड्नुजस्तो लाग्यो ।

करिब २०० जना जतिकोसभाहलमा हाम्रो बुवा , मेरो ससुरा बुवा तथा पूर्व प्रधान न्यायाधिश कल्याण श्रेष्ठ लगायत पूर्व मन्त्रि माननियहरु अमृत बोहरा, अग्नि सापकोटा , पम्फा भुषाल, लिलामणि पोख्रेल,शशि श्रेष्ठ ,कल्पना धमला ,दाइहरु बाट सामुहिक रुपमा मेरो पुस्तकको बिमोचन भयो। 

नेपालबाट फर्कनेबित्तिकै अगस्त पहिलो सातामा भएको  एनआरएनको यूरोपियन क्षेत्रिय भेलामा केही पुस्तक बोकेर इटाली पुगेको थिए । एकप्रति पुस्तक जीवा लामीछानेलाई दिनुबाहेक अरु केही गर्ने जाँगर चलेन  । त्यसपछि अगस्त १७मा बेल्जीयमको एनआरएन निर्वाचनमा जाँदा पनि केही प्रति पुस्तक लिएर गएँ तर फर्किने बेलामा प्रकाशजीको पसलमा छोडेर आएँ । सेप्टेम्बर  ७ -११  सम्मको अष्ट्रिया, चेक, स्लोभाक र हंगेरीको भ्रमणमा धर्मराज खतिवडा र दिपेन्द्र हिमालय कार्कीलाई एकएक प्रति दिएको थिएँ । 

अक्टोबरमा काठमाण्डौमा भएको सम्मेलनमा एउटा स्टल जस्तो बनाएर पुस्तक बेच्ने हो कि भन्ने सोच आएको थियो। यसअघिका सम्मेलनमा पनि यसरी पुस्तक बेचिने गरीएको थियो तर आम पुस्तक भएको भए जोशजाँगर आउँथ्यो आफ्नै जीवनी अरुलाई किनेर  पढौ भन्न त्यति  सहज लागेन ।  त्यहा पनि मित्र चन्द्रबहादुर रोकायालाई एकप्रति मात्र दिइयो ।एन आर एन को भाषा साहित्य तथा कला सस्कृति  विभागले अक्टोबर १२ गते  नेपाल प्रज्ञा प्रतिष्ठानमा डायस्पोरा सम्बन्धि साहित्य कार्यक्रममा केही पुस्तकहरुपनि बिमोचन गर्दैछ भन्ने जानकारी प्रमुख गोविन्द गौतमजीले गर्नुभएकोले हतारहतार तीन प्रती  किताव लिएर त्यहाँ गएँ। प्रतिष्ठानका कुलपति गंगाप्रशाद उप्रेतीको हातबाट अन्य केहि  सहित मेरो पुस्तक पनि दोस्रो पटक विमोचन पनि भयो ।पुस्तक प्रकाशित भएपछि केही मित्रहरुका समिक्षा प्रकाशित भए, कतिले फोनमा पढेपछि लागेका कुराहरु व्यक्त गर्नुभयो । पहिलो समिक्षा मित्र साहित्यकार सन्तोष पराजुलीले नेपालकै दैनिक अनलाइनमा छपाउनुभएछ । उहाँले सुनाउनुभएको एउटा कुरा– विदेशी अनुभवहरु समेटिएका अझ जीवनी नै भनेर छापिएका सिमीत पुस्तकहरुमध्ये यो पुस्तक भविष्यमा विद्यार्थीहरुका लागि शोधको महत्वपूर्ण सामाग्री बन्नेछ भन्नुभएको कुराले मलाई हर्षित बनाएको थियो ।

अर्का भाई म जन्मेकै गाउँको श्रद्धेय गुरु जगलाल श्रेष्ठका सुपुत्र पत्रकारीतामा समेत संलग्न दिपेन्द्र श्रेष्ठले चौताराबाट प्रकाशित हुने जुगल खबरमा ‘समयको चालवाज मेरो आधा शताब्दी’ शिर्षकमा आएको थियो । जसले गर्दा स्थानीयस्तरमा पनि पुस्तकबारेको जानकारी पुगेको थियो । एक दिन एकाबिहानै फेसबुकमा अप्रत्यासीतरुपमा लण्डनबाट दिपक गैरेजीले, ‘मेरो आधाशताब्दी सुरेन्द्र नेपाल श्रेष्ठको उतारचढावको जीवन कहानी’ भनेर पोष्ट गर्नुभएको थियो । उहाँले केही बिषयमाथि गरेको टिप्पणी मेरो निम्ती मार्गदर्शक बनेको छ ।

बेलायतमा भएका कतिपय कार्यक्रममा साथीहरुलाई पुस्तक दिन्छु भनेर गाडीमा केही प्रति सधै राख्ने गर्दथे तर कतैपनि पुस्तक निकालेर दिइहालु जस्तो लागेन ।

नेपालबाट संसारन्युज र बेलायतबाट वीनेपालीले समय समयमा उक्त पुस्तकमा समेटिएका बिषयहरु निरन्तररुपमा पूनः प्रकाशन गरेर धेरै भन्दा धेरै पाठकहरुले आंशीकरुपमा भएपनि जान्ने पढ्ने मौका पाइरहेकाछन् । मेरो प्रायः सबै अभियानलाई सहयोग गर्दै आउनुभएका मित्र दिनेश गौतमजीले मेरो पुस्तकबारे बडो रोचक ढंगले करिव ६ मिनेटको अडियो यूट्युबमा सार्वजनिक गर्नुभएकोथियो । एवम् प्रकारले पाठकका रुपमा साथीहरुको प्रतिक्रियाले मलाई हौसला प्रदान गरीरहेको हुन्छ ।

बेलायतमा भएका कतिपय कार्यक्रममा साथीहरुलाई पुस्तक दिन्छु भनेर गाडीमा केही प्रति सधै राख्ने गर्दथे तर कतैपनि पुस्तक निकालेर दिइहालु जस्तो लागेन । पुस्तकको बेग्लै कार्यक्रम आयोजना गरेर बोलाउला अनि एकैठाउमा चर्चापरिचर्चा गरौला भन्ने लागेर साथीहरुलाई दिने सोच त्यत्तिकै सेलाएर गयो । क्रिसमश, नयाँबर्ष, नेपाली नयाँवर्ष भन्दै जाँदा फेरि कोरोनाले सबै योजना अवरुद्ध पारीदियो । अक्टोबरमा नेपाल जान अगाडि मैले फेसबुकमा केही प्रति पुस्तक आएकोछ मेरो बारे विस्तृत बुझ्न चाहनेहरुले आफ्नो ठेगाना पठाउनुहोला भनेको थिए । सेप्टेम्बर २८ मा  पहिलो पटक २१ जना साथीहरुलाई पुस्तक पोस्ट गरेको थिएँ । यो क्रम अहिलेसम्म पनि चलिरहेकोछ । करीव १३० प्रति पुस्तक पोस्टबाट पठाएकोरहेछु । डाँकखर्च २ पाउण्ड सहित इच्छालागेको रकम पठाउनसक्नुहुनेछ भन्ने गरेकोछु । ९३ जना साथीहरुले खातामा पैसा जम्मा गराइसक्नुभएको छ पहिलो

पहिलो पुस्तक मैले छोरीलाई दिएको थिएँ । सायद मैले किताब हुलाकमार्फत साथीहरुलाई बिक्री गरिरहेको छ भनेर थाहा पाएर अन्य कुनै वाहानामा मेरो बैंकको खाता नम्बर मागेकि थिइन् , केहीदिनपछि ५० पाउण्ड जम्मा गरीदिएको रहेछ । पुस्तकमात्र नभइ बिक्रीबाट आउने रकमको प्रयोजनमा पनि उसको ध्यान गएको देखिन्छ, त्यसले मलाई अचम्मीत र खुशी दुबै दिलायो । त्यो प्रति छोरी कायरो जाँदा महामहिम राजदुत झपिन्द्र अर्याललाई दिनु भनेको थिएँ र पछि छोरीलाई दुई प्रति पठाइदिएको थिएँ ।

मैले पुस्तकबापत कसले कति दियो भन्नुभन्दा पनि पुस्तक किनिदीएर, पढेर मेरो अनुभव जान्ने कौतुहलताका साथै मानवियकार्यमा भाग लिनुले पनि साथीहरुको साथ र सद्भाव मेरो निम्ती अमूल्य प्रेरणा बनेको छ ।

एकदिन मित्र मिलन भट्टराईसँग कुरा भएको थियो । उहाँले म पुस्तक पढ्नेमा पर्दिन तर तपाइको भएपछि पढौला भन्नुभयो । मैले पुस्तकको मोल महगो छ भन्दा उहाँले केहीप्रति लिएर आउनोस्  न भन्नुभयो । केहीदिनपछि लण्डन जाने काम थियो, उहाँलाई पनि सम्झेर मैले दुइप्रति पुस्तक साथमा लिएर गएँ । उहाँले खल्तीबाट पैसा दिदै यति छ राख्नुहोस् भन्नुभयो । घरमा आएर हेर्दा थाहा भयो ५०० पाउण्ड रहेछ । मिनु पनि सँगै थिइन् । हामी निकै खुशी भएका थियौ । अलिकति भावुक पनि भएका थियौं । त्यस्तै मित्र घनश्याम पौडेलले थोरै सहयोग गरेकोछु भनेर टेक्स पठाउनुभएकोथियो । खातामा हेर्दा २०० पाउण्ड रहेछ । मित्रहरु सुनिल खड्का ९९.९९  , ध्रुब के.सी १०१ ,  देवेन्द्र श्रेष्ठ १०१ , दिनेश गौतम १०२  पाउण्ड खातामा हालीदिनुभएको रहेछ । धेरै साथीहरुले ५०, २५, २० नै दिनुभएकोछ । यसरी मैले पुस्तकबापत् ५.५५ देखि ५०० पाउण्डसम्म प्राप्त गरेको छु र यो जम्माको क्रम चलिरहेकोछ । मैले पुस्तकबापत कसले कति दियो भन्नुभन्दा पनि पुस्तक किनिदीएर, पढेर मेरो अनुभव जान्ने कौतुहलताका साथै मानवियकार्यमा भाग लिनुले पनि साथीहरुको साथ र सद्भाव मेरो निम्ती अमूल्य प्रेरणा बनेको छ । दुइ जना साथीहरुले मेरो पनि ठेगाना माग्नु भएको थियो  एक जनाले आफुले प्रकाशन गर्नु भएको पुस्तक पठाई दिनु भयो ।खुशी लाग्यो ।नेपालमा चलेका पुस्तकको सरदर मूल्य बेलायतमा ल्याउँदा १० पाउण्डसम्म हुन्छ तर साथीहरुले सत्कार्यमा लागीरहन उत्प्रेरणा दिइहनुभएको छ र मैले उहाँहरुको आफू अनुकुलको सहयोगलाई अमूल्य योगदानका रुपमा सम्झीएकोछु । पोस्ट गर्ने क्रममा मैले  केहि साथीहरुलाइ  ” मैले आफूलाई सकेसम्म निर्वस्त्र बनाउने प्रयास गरेको छु । कति सफल भए प्रतिक्रियाको आशासहित ” भनि लेखेको थियो । प्रतिक्रीयाका बारेमा केही सेयर गर्न चाहन्छु ।

ओशो सन्यासी स्वामी म दाइ भन्ने गर्छु, सुभाष श्रेष्ठले– ‘स्वामीजी सामान्य मान्छेले १५० वर्षम गर्न सक्ने (त्यो पनि चाह्यो भने) तपाईले त ५० वर्षमै सक्काउनुभएछ । के अब किताव लेखेर रिटायर्ड हुन लाग्नुभएको हो?’

एकदिन मोहन गुरुगं दाइले फोन गर्दै भन्नुभयो,– ‘भाई भर्खर सकाएँ तपाईको किताव । मलाई गर्न नपरे हुन्थ्यो भन्ने काम भनेको फिल्मी हेर्ने र किताव पढ्ने हो । विद्यार्थीकालपछि पहिलोचोटी तपाइको पुस्तक पढे निकै राम्रो लाग्यो । बधाइ छ ।’

ओशो सन्यासी स्वामी म दाइ भन्ने गर्छु, सुभाष श्रेष्ठले– ‘स्वामीजी सामान्य मान्छेले १५० वर्षम गर्न सक्ने (त्यो पनि चाह्यो भने) तपाईले त ५० वर्षमै सक्काउनुभएछ । के अब किताव लेखेर रिटायर्ड हुन लाग्नुभएको हो?’

माधवलाल श्रेष्ठले– ‘धेरैपछि किताव पढे छोड्नै मन नलाग्नेगरी लेख्नुभएको रहेछ । कतिपय कुराहरु आफूलाई पनि थाहा भएको हुँदा झन मजा आउदोरहेछ । अब किताव पढ्ने बानी लाग्ला जस्तो छ ।’
ध्रुव के.सी.दाइले, – ‘धत्तेरीका तपाईको किताव पढेर त मैले पनि धेरै पहिला देखि लेख्दै रर्याकमा थुपारी राखेको सबै लेखहरु बटुलेर छपाऊने जाँगर पो आयो । मलाई पनि जोश चलाइदिनुभएकोमा धन्यवाद । किताव लेख्नलाई ठूलो साहित्यकार वा सफल व्यक्ति नै हुनै पर्छ भन्ने भ्रम पनि आजबाट हट्यो ।’

केहि दिन  अघि मित्र सूर्य  गुरुगंको फोन आएको थियो । ‘ओहो कति धेरै कुरा सम्झनुभएको? तपाइसँग लामो परिचय, उठबस भएपनि यति धेरै कुराहरु थाहा थिएन । बेलायत आउनुपहिले पनी धेरै काम गरीसक्नुभएको रहेछ । सरल भाषामा लेखिएको र कतिपय ठाउँमा आफ्नो नाम पनि आउँदा रमाइलो नै लाग्यो र बिर्सीसकेका क्षणहरु ताजा भएर आए । बिशेषगरी एनआरएनमा गरिएका सहकार्यहरु पून  एकपटक ताजगी भयो । कलम चलाइरहनुहोला ।’
मलाइ  नचिनेका एक जना कानुन ब्यबसायी मित्रले पुरा पुस्तक पढेको जानकारी मिल्यो ।नचिनेको मात्रै हैन नाम समेत नचिनेको मान्छेको जीवनी पढ्दा कस्तो लाग्यो होला भन्ने अनुभब सुन्ने इक्ष्या लागेको थियो जुन अहिले सम्म मौका पाएको छैन , त्यो समयको पर्खाइमा अझै  छु ।

हुन त यस पुस्तक अघि मेरो लेखहरुको सँगालो ‘नेपाल बेलायतबाट नियाल्दा’ पनि प्रकाशित भएको थियो । पत्रपत्रिकामा छापिइसकेका लेखहरुको संग्रह भएकोले त्यसबारे धेरै चर्चाको आवश्यकता पनि थिएन । कुनै साहित्यकारलाई आफूले प्रकाशित गरेका पुस्तकहरु आफ्ना सन्तान समान हुन्छन ,प्रकाशित मिती समय विवरण जन्मदिनजसरी सम्झने गरीन्छ भन्ने गरेको सुनेको थिएँ ।  मलाई पनि यो पुस्तक प्रकाशन भएको एकवर्ष अवधि भित्रका विविध क्रिया प्रतिक्रियाले बढी आशक्ती भएजस्तो लागेकोछ । र्याकमा जम्मा गरिएका पुस्तकमध्ये आफ्नो पुस्तकपनि देख्दा एउटा बेग्लै अनुभूतीले अठ्याउँनेरहेछ । एक वर्षमा तीनपटक फरकफरक परिवेशमा यस पुस्तकको विमोचन भयो, जुन मेरो लागि खुशीको बिषय हो । केहीदन अघिमात्र लण्डनमा भानुजयन्तीको अवसरमा नेपाली साहित्य विकास परिषद्ले आयोजना गरेको विविध कार्यक्रममा विमोचित चार कृतिमध्ये मेरो आधा शताब्दी पनि समावेश भएकोले आयोजकलाई मेरो तर्फबाट धन्यवाद । मेरो पुस्तक प्रकाशनको वर्षगाठमा सबैप्रकारको सहयोग सद्भावना देखाउने जनहरुलाई हृदयदेखि नमन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Kailash Television Pvt Ltd
Kathmandu, Nepal
Email: [email protected]
Phone: +977 014220640
सूचना विभाग दर्ता नः १५८४/०७६-७७
Web: www.jibanshaili.com

जीवनशैली डट कम
कैलाश टेलिभिजन प्रा लि द्वारा संचालित
नेपालको पहिलो  लाइफ स्टाईल न्युज पाेर्टल हो ।

सोसल मिडिया

हाम्रो टिम

प्रधान सम्पादक
अरूणदेव जाेशी
प्रकाशक/कार्यकारी सम्पादक
राजकुमार विष्ट

क्रियटिभ टिम
टीएन रेग्मी

(more…)