जीवनशैली | JibanShaili आइतवार, मंसिर १४, २०७७

नयाँ वर्षबारे रोचक तथ्य, १० महिने क्यालेन्डरदेखि सुँगुरको परिकारसम्म


  • जीवनशैली
  • प्रकाशित मिति : बुधबार, पुस १६, २०७६

विश्वभरी नै नयाँ वर्ष मनाउने चलन छ । अभिलेख अनुसार नयाँ वर्ष मनाउने परम्परा ४ हजार वर्ष पुरानो हो । ग्रेगोरियन क्यालेन्डर अनुसार डिसेम्बर महिनाको अन्तिम दिन न्यु इयर इभ तथा जनवरी १ लाई नयाँ वर्षको पहिलो दिनको रुपमा मनाइन्छ । आधुनिक जीवनशैलीमा नयाँ वर्ष मनाउने तरिकामा बदलाव आएको छ । सामान्यतया नयाँ वर्ष मनाउने क्रममा पार्टी गर्ने, विभिन्‍न परिकार खाने र शुभेच्छा व्यक्त गर्ने गरिन्छ ।

आधुनिक जीवनशैलीमा नयाँ वर्ष मनाउने तरिकामा बदलाव आएको छ । सामान्यतया नयाँ वर्ष मनाउने क्रममा पार्टी गर्ने, विभिन्‍न परिकार खाने र शुभेच्छा व्यक्त गर्ने गरिन्छ ।

नयाँ वर्ष मनाउने चलन

नयाँ वर्ष मनाउने चलन बेबिलोनबाट सुरु भएको हो । तत्कालीन समयमा मार्च महिनामा उज्यालो र अँध्यारो बराबरी हुने दिनदेखि नयाँ वर्षको सुरुवात मानिन्थ्यो । बेबिलोनबासीहरु नयाँ वर्षको अवसरमा अकितु पर्व मनाउँथे ।

विश्‍वमा विभिन्‍न सभ्यताको विकाससँगै आफु अनुकुलको क्यालेन्डर बनाउने र वर्षको पहिलो दिनमा नयाँ वर्ष मनाउने चलन सुरु भएको पाइन्छ । त्यसरी बनाइने क्यालेन्डरमा कृषिसँग सम्बन्धित वा कुनै आकाशीय घटनालाई वर्ष परिवर्तनको आधार मानिन्थ्यो ।

नयाँ वर्षको सुरुवात

पुरानो रोमन क्यालेन्डरमा १० महिना र ३०४ दिन हुन्थे । उक्त क्यालेन्डर रोमका संस्थापक रोमुलसले चलाएको थितिमा आधारित थियो । ईशापूर्व ८ औं शताब्दीमा रोमका सम्राट लुमा पम्पिलियसको शासनकालमा क्यालेन्डरमा जनवरी र फेब्रुअरी महिना थपियो । यसरी क्यालेन्डरमा १२ महिना हुने चलन चल्यो ।

ईशापूर्व ८ औं शताब्दीमा रोमका सम्राट लुमा पम्पिलियसको शासनकालमा क्यालेन्डरमा जनवरी र फेब्रुअरी महिना थपियो । यसरी क्यालेन्डरमा १२ महिना हुने चलन चल्यो ।

ईशापूर्व ४६ मा सूर्यको गतिसँग क्यालेन्डर नमिलेको भन्दै तत्कालीन सम्राट जुलियस सिजरले जुलियन क्यालेन्डरको विकास गरे । जुलियन क्यालेन्डर हाल प्रचलनमा रहेको ग्रेगोरियन क्यालेन्डरसँग मिल्दोजुल्दो थियो ।

क्यालेन्डरमा सुधार गर्दै सम्राट जुलियस सिजरले जनवरी १ बाट नयाँ वर्ष सुरु हुने थिति बसाए । यससँगै रोममा सुरुवातका देवता मानिने जानुसको नाममा समर्पित हुँदै जनवरी १ देखि नयाँ वर्ष मनाउने चलन चल्यो । जुन आज पर्यन्त कायम छ । तर, जनवरी १ को कथा यत्तिमै सिमित छैन ।

मध्यकालीन युरोपमा क्रिस्चियन धर्मगुरुहरुले क्यालेन्डर धार्मिक हिसाबले परिमार्जन गर्दै डिसेम्बर २५, मार्च २५ मा नयाँ वर्ष मनाउन थाले । सन् १५८२ मा पोप ग्रेगरी आठौंले जनवरी १ देखि नै नयाँ वर्षको सुरुवात मान्‍ने चलन पुनर्स्थापित गराए ।

रोचक सेलिब्रेसन

नयाँ वर्ष मनाउने क्रम डिसेम्बरको अन्तिम साँझदेखि सुरु हुन्छ । गीत, संगीत, शुभेच्छा आदानप्रदान र खानपान नयाँ वर्ष मनाउँदा गरिने मुख्य गतिविधि हुन् । स्पेन र स्पेनिस भाषा बोलिने देशमा अघिल्ला महिनाहरु राम्रोसँग बितुन् भन्‍ने अपेक्षासहित मध्यरातमा १२ ओटा अङ्‍गुरका दाना एकैसाथ खाइन्छ । अमेरिका लगायत विश्‍वका धेरै देशमा नयाँ वर्षको खानामा गेडागुडी समावेश गर्ने चलन छ । यसो गर्दा भविष्यमा आर्थिक सफलता मिल्ने विश्‍वास गरिन्छ ।

नयाँ वर्ष मनाउने क्रम डिसेम्बरको अन्तिम साँझदेखि सुरु हुन्छ । गीत, संगीत, शुभेच्छा आदानप्रदान र खानपान नयाँ वर्ष मनाउँदा गरिने मुख्य गतिविधि हुन् ।

कतिपय संस्कृतिमा सुँगुरलाई प्रगति र समृद्धिको मानकका रुपमा लिइन्छ । त्यस्तो संस्कृति भएका स्थानमा नयाँ वर्ष मनाउने क्रममा सुँगुरको मासु खाइन्छ । खासगरी क्युबा, अस्ष्ट्रिया, हङ्‍गेरी, पोर्चुगल लगायतका देशमा यो चलन छ ।

सुँगुरलाई प्रगति र समृद्धिको मानकका रुपमा लिइन्छ । त्यस्तो संस्कृति भएका स्थानमा नयाँ वर्ष मनाउने क्रममा सुँगुरको मासु खाइन्छ ।

नेदरल्यान्ड, मेक्सिको, ग्रीसजस्ता देशमा एक वर्षको समयचक्रको संकेतको रुपमा रिङ आकारको केक र पेस्ट्री खाने चलन छ ।  त्यसैगरी स्वीडेन, नर्वे आदि मुलुकमा क्रिम राइसमा बदाम लुकाएर सर्भ गरिन्छ । र, बदाम फेला पार्नुलाई व्यक्तिको वर्षैभरीको सफलताको संकेत मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Kailash Television Pvt Ltd
Kathmandu, Nepal
Email: [email protected]
Phone: +977 014220640
सूचना विभाग दर्ता नः १५८४/०७६-७७
Web: www.jibanshaili.com

जीवनशैली डट कम
कैलाश टेलिभिजन प्रा लि द्वारा संचालित
नेपालको पहिलो  लाइफ स्टाईल न्युज पाेर्टल हो ।

सोसल मिडिया

हाम्रो टिम

प्रधान सम्पादक
अरूणदेव जाेशी
प्रकाशक/कार्यकारी सम्पादक
राजकुमार विष्ट

क्रियटिभ टिम
टीएन रेग्मी

(more…)