जीवनशैली | JibanShaili बुधबार, मंसिर १७, २०७७

जाडोका ७ अनौठा तथ्य, सूर्य पृथ्वीको नजिक आउँदा पनि चिसो किन हुन्छ?


  • जीवनशैली
  • प्रकाशित मिति : सोमवार, पुस १४, २०७६

१. अमेरिकामा जाडो महिनामा चिसोले गर्मी महिनाको तातोले भन्दा दुई गुणा बढीको ज्यान लिन्छ ।

. जाडो याममा दिनहरु छोटो हुने भएता पनि पनि पृथ्वी डिसेम्बर महिनामा सूर्यको सबैभन्दा नजिक हुन्छ । सूर्य नजिक भए पनि चिसो हुनुको कारण भने उत्तरी गोलार्ध सूर्यबाट टाडा ढल्कनु हो । जसको कारण उत्तरी गोलार्धमा सूर्य प्रकाश र तातोपना कम हुन्छ र चिसो हुन्छ । हाम्रोमा जाडो हुँदा दक्षिणी गोलार्धमा भने गर्मी भएको हुन्छ । भूमध्य रेखाबाट तल पर्ने देशहरु अष्ट्रेलिया, ब्राजील लगायतका देशमा अहिले गर्मी हुन्छ भने हामी कहाँ गर्मी हुँदा त्यहाँ जाडो हुन्छ ।

. पृथ्वीको सतहको लगभग १२ प्रतिशत भाग हिउँ र बरफले ढाकिएको छ ।

. पृथ्वीमा सबैभन्दा चिसो अन्टाक्र्टिकाको ध्रुवीय पठारमा हुन्छ । त्यहाको औसत वार्षिक तापमान माइनस ७२ दशमल ९ डिग्री फारेनहाइट अर्था माइनस २२ दशमल ७ डिग्री सेल्सियस हुन्छ ।

. सन् १९७४ मा, रसियाको साइबेरियामा हिउँदमा माइनस ९६ डिग्री फारेनहाइट अर्थात माइनस ३५ दशमलब ५ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । जसले रूसलाई विश्वको सबैभन्दा चिसो देश रुपमा चिनायो । क्यानडा, मंगोलिया, फिनल्यान्ड, र आइसल्याण्ड विश्वका शीर्ष पाँच चिसो देशको सुचिमा पर्छन्।

. जाडो याम केन्द्रीत फिल्म फ्रोजन २०१३ त्यस समयको सर्वाधिक कमाई गर्ने एनिमेटेड म्यूजिकल फिल्म हो । यो विश्वव्यापी बक्स अफिसमा १ अर्ब डलर भन्दा बढीको कमाईको रेकर्ड बनयो । नेपाली रुपैयाँमा यो १ खर्ब १३ अर्ब भन्दा बढी हुन आउँछ । यो अहिलेसम्मको सबैभन्दा बढी कमाई गर्ने चलचित्रको सूचिमा ९औं स्थानमा आउँछ ।

. विश्वमा अहिलेसम्मको सबैभन्दा चिसो तापक्रम अन्टाक्र्टिकाको सोभियत भोस्तोक स्टेशनमा रेकर्ड गरिएको थियो । रेकडए गरिएको तापक्रम माइनस ८२ दशमलब २ डिग्री सेल्सियस अर्थात माइनस १ सय २८ दशमलब ६ डिग्री फरनहाइट थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Kailash Television Pvt Ltd
Kathmandu, Nepal
Email: [email protected]
Phone: +977 014220640
सूचना विभाग दर्ता नः १५८४/०७६-७७
Web: www.jibanshaili.com

जीवनशैली डट कम
कैलाश टेलिभिजन प्रा लि द्वारा संचालित
नेपालको पहिलो  लाइफ स्टाईल न्युज पाेर्टल हो ।

सोसल मिडिया

हाम्रो टिम

प्रधान सम्पादक
अरूणदेव जाेशी
प्रकाशक/कार्यकारी सम्पादक
राजकुमार विष्ट

क्रियटिभ टिम
टीएन रेग्मी

(more…)