जीवनशैली | JibanShaili बिहिबार, मंसिर ११, २०७७

‘भुल भुलैया’को सिक्वेलमा कार्तिक आर्यन फाइनल


  • जीवनशैली
  • प्रकाशित मिति : बुधबार, असार १८, २०७६

लामो समयदेखि चर्चामा रहेको चलचित्र ‘भुल भुलैया’को सिक्वेलका लागि मुख्य नायक पक्का भएका छन् । यो चलचित्रका लागि नयाँ पुस्तादेखि पुराना पुस्ताका कलाकारहरुको नाम चल्दै आइरहेको थियो । अन्तत यो चलचित्रका लागि नायक कार्तिक आर्यन पक्का भएका हुन् ।

पछिल्लो समय निकै रुचाइएका र व्यस्त कार्तिकले यो चलचित्रमा काम गर्नका लागि संझौता गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । कार्तिकले ‘लुका चुपी’, ‘सोनु के टिटु की स्विटी’ जस्ता सफल चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका छन् । हालै उनले नयाँ चलचित्र ‘लभ आजकल २’को छायांकन पनि सकाएका छन् ।

अहिले ‘भुल भुलैया’ टिम स्क्रिप्टमा काम गरिरहेको छ । स्क्रिप्टलाई जतिसक्दो बलियो बनाउनको लागि मिहिनेत गरिरहेको निर्माता भुषण कुमारले भारतीय मिडियासँग बताएका छन् । कार्तिकसँगै चलचित्रको अन्य कलाकारहरु पनि पक्का भइसकेका छन् । तर, निर्माण युनिटले कलाकारहरुलाई सार्वजनिक भने गरेको छैन । बुझिए अनुसार यो चलचित्रको छायांकन यो वर्षको अन्त्यबाट सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Kailash Television Pvt Ltd
Kathmandu, Nepal
Email: [email protected]
Phone: +977 014220640
सूचना विभाग दर्ता नः १५८४/०७६-७७
Web: www.jibanshaili.com

जीवनशैली डट कम
कैलाश टेलिभिजन प्रा लि द्वारा संचालित
नेपालको पहिलो  लाइफ स्टाईल न्युज पाेर्टल हो ।

सोसल मिडिया

हाम्रो टिम

प्रधान सम्पादक
अरूणदेव जाेशी
प्रकाशक/कार्यकारी सम्पादक
राजकुमार विष्ट

क्रियटिभ टिम
टीएन रेग्मी

(more…)