जीवनशैली | JibanShaili आइतवार, मंसिर १४, २०७७

करिना कपुर खान नक्कली अकाउन्ट बनाएर मानिसहरुमाथि निगरानी राख्छिन्


  • जीवनशैली
  • प्रकाशित मिति : बुधबार, फाल्गुन २९, २०७५

बलिउड नायिका करिना कपुर खान ती सेलिब्रिटीमा पर्छिन् जो सोसल मिडियासँग सम्बन्धित छैनन् । करिना सोसल मिडिया किन प्रयोग गर्दिनन्, के साँच्चै उनी सोसल मिडियामा छैनन् रु यसबारे उनले अरबाज खानले होस्ट गर्ने कार्यक्रम पिन्चमा जानकारी दिएकी छिन् । यो एपिसोडको भिडियो सलमान खानको आधिकारिक ट्वीटर ह्यान्डलबाट सेयर गरियो ।

करिनाले भिडियोमा आफू सोसल मिडियामा नभएपनि सबै कुराबारे जानकारी भएको बताइन् ।

करिनालाई जब अरबाजले सोसल मिडियामा उनको फेक अकाउन्ट छ भनेर सोध्दा करिनाले भनिन्, ‘साँच्चै भन्नुपर्दा यसलाई फेक भन्न सकिन्नँ, यो सक्कली नै हो तर मेरो भिन्न पहिचानको छ । एक अपरिचित पहिचान ।’

करिनाले यसरी सोसल मिडियाबारे जानकारी राख्नु गलत नभएको बताइन् । उनका अनुसार यो एउटा जानकारी जुटाउने माध्यम हो । आफूलाई नीजि जीवनका तस्बिर सोसल मिडियामा अपलोड गर्न मन नपर्ने भएकाले पनि यस्तो गर्ने गरेको उनी बताउँछिन् । आफू यस्तो दबाबका लागि तयार नभएको पनि उनले बताइन् ।

करिना सोसल मिडियामा हुनु नहुनुले कुनै फरक नपार्ने बताउँछिन् । उनी भन्छिन्, ‘अन्ततः कुराहरु सार्वजनिक भइछाड्छ ।’ आफूलाई सोसल मिडियामा मानिसहरुले गरेको कमेन्ट पनि पढ्ने गरेको उनले उक्त कार्यक्रममा बताइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Kailash Television Pvt Ltd
Kathmandu, Nepal
Email: [email protected]
Phone: +977 014220640
सूचना विभाग दर्ता नः १५८४/०७६-७७
Web: www.jibanshaili.com

जीवनशैली डट कम
कैलाश टेलिभिजन प्रा लि द्वारा संचालित
नेपालको पहिलो  लाइफ स्टाईल न्युज पाेर्टल हो ।

सोसल मिडिया

हाम्रो टिम

प्रधान सम्पादक
अरूणदेव जाेशी
प्रकाशक/कार्यकारी सम्पादक
राजकुमार विष्ट

क्रियटिभ टिम
टीएन रेग्मी

(more…)